३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

मोदीले प्रयोग गर्ने काठमाडौँको सडक पनि बन्द हुने

२७ वैशाख, काठमाडौँ । नेपाल भ्रमणमा आउन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीका समयमा उनले प्रयोग गर्ने सडक बन्द हुने भएको छ । महानगरीय ट्राफिक महाशाखाले भ्रमणको बेला प्रयोग हुने सडक १० देखि १२ मिनेटसम्म बन्द हुने जनाएको छ ।

शुक्रबार दिउँसो मोदी काठमाडौं अवतरण गरेपछि उनी सवार हुने स्थान तथा बासस्थानमा जाने सडक मार्ग १० देखि १२ मिनेटसम्म बन्द हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहीबार १६:४०