८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

गैर आवासीय नेपालीले दोहोरो नागरिकता पाउँछनः पूर्वमन्त्री बस्नेत

-बालगोपाल उपाध्याय

१ फागुन, एडिलेड । गैरआवासीय नेपालीहरुले दोहोरो नागरिकता पाउने भएका छन् । अष्ट्रेलिया भ्रमणमा रहनु भएका पुर्व उद्योग मन्त्री तथा प्रतिनिधि सभा सदस्य महेश बस्नेतले संविधानमा उल्लेख गरे बमाेजिम नागरिकता ऐनबाट गैर अावासिय नेपालीहरुलाई दाेहाेराे नागरिकताकाे व्यवस्था हुने बताउनु भयाे ।

एनआरएन साउथ अष्ट्रेलियाद्वारा एडिलेडमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पुर्व मन्त्रीले बस्नेतले भन्नू भयो“बुहारी र ज्वाइको बारेमा केही कुरा मिलेको छैन त्यो मिल्यो भने संसदकाे हिउदे अधिवेशनबाट गैरअावासीय नेपालीहरुलाई दाेहाेराे नागरिकता दिने प्राबधान सहितको नागरिकता ऐन पारित हुन्छ । ´´

उहाँले अार्थिक, सामाजिक, सांस्कृतिक अधिकार सहितकाे नागरिकता दिने वताउदै अब प्रवासमा रहेका नेपालीहरुले देशमा उद्योग कलकारखानामा लगानी गर्न अनुरोध गर्नु भयो । देशमा उद्योग तथा व्यवसाय मैत्री बन्दै गएकाले लगानी नडुब्ने समेत वताउनु भयाे । पुर्व मन्त्री बस्नेतले यहाँ रहेका नेपाली समुदायलाई आफ्ना छोराछोरीहरुलाइ प्राविधिक शिक्षामा उच्च तह सम्मको अध्ययन गर्न लगाएर भोलिका दिनमा मात्रृभुमीकाे सेवामा पठाउन पनि अनुराेध गर्नु भयाे ।

अष्ट्रेलियामा कृषि प्रणाली तथा कृषि उद्योग सम्बन्धि अध्ययन गर्न आएको नेपाली टोलीका रहनु भएकी प्रतिनिधि सभा महिला तथा सामाजिक समिति सभापति निरु पालले विभिन्न बाध्यता समेतले बिदेशीएका नेपालीहरुले देशमा अहिले लगानी मैत्री बाताबरण बन्दै गएकाले उद्योग कलकारखानामा लगानी गरेर आगामी दिनमा युवाहरुलाइ विदेशीनु पर्ने बाध्यता रोक्न अनुरोध गर्नु भयो ।

अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय कमिटी सदस्य अशोक केशीले लगानी मैत्री कानुनी व्यवस्था र बाताबरण भएमा बिश्व भरिका नेपालीहरु मातृभूमिको सेवा गर्न आतुर रहेको बताउनु भयो । कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलियाका संयाेजक नवीन पन्तले प्रवासीहरुलाइ देशमा लगानी बढाउने वातावरण बनाउन कर्मचारी तन्त्रलाइ पनि तयार बनाउनु पर्ने बताउनु भयो । श्रम गरेर कमाएको सम्पत्ति लगानी गर्न जादा सरकारी कार्यालयहरुमा अनावश्यक टेबुल टेबुल चाहर्नु पर्ने दिनको अन्त्य गर्न समेत माग गर्नु भयो ।

अतिथि हरुको स्वागत गर्दै एनआरएनए साउथ अष्ट्रेलियाको नारी निकुञ्ज संयाेजक मञ्जु खड्काले अाफुहरुको चाहना देशको सामिप्यतामा रहेर देश बिकासमा सहयोगी बन्ने रहेको बताउनु भयो । कार्यक्रममा मन्तव्य पछि सहभागीको विभिन्न जिज्ञाशहरुको सांसद द्वयले जवाफ दिनु भएकाे थियाे । भने कार्यक्रम संचालन एनआरएनएका अष्ट्रेलिया समिति सदस्य संजय पुरीले गर्नु भएकाे थियाे ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १८:५६