१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

६ महिनामा करिब ६४ करोडको लसुन आयात

२८ माघ, काठमाडौं । चालु आर्थिक वर्षका ६ महिनामा हामीले ६३ करोड ९१ लाख ६० हजार रुपैयाँको पाँच हजार ७२८ टन लसुन विदेशबाट ल्याएछौं । यही गति रहे वर्षभरिमा एक अर्ब रुपैयाँभन्दा बढीको लसुन आयात गर्नेर्छौं ।

कोरोना भाइरसका कारण चीनबाट लसुन नआउँदा मूल्य आकासिएको हो । अहिले यसको बजार मूल्य सरदर ६५० रुपैयाँ प्रतिकिलो पुगेको छ । जबकि, २० दिनअघि यसको मूल्य १३० रुपैयाँ रहेको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

०७५/७६ मा ८३ करोड ३० लाख मूल्यको नौ हजार २७७ टन लसुन आयात भएको थियो । हामीले त्यही अवधिमा १५ लाख मूल्य बराबरको १८ टन निर्यात गरेका थियौं ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार ०७:०१