३ आश्विन २०८१, बिहीबार | Thu Sep 19 2024

डा उपेन्द्र देवकोटाको विर्सिएको पाटोः जसले बिरामीका आफन्तलाई त्रास देखाएर लुट्थे

२६ वैशाख, काठमाडौँ । वरिष्ठ न्यूरो रोग विशेषज्ञ डा उपेन्द्र देवकोटा अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा आफ्नै उपचार गराईरहेका छन । देवकोटा बिरामी भएपछि देवकोटाका बारेमा यतिधेरै सकारात्मक कुरा आएका छन कि उनले धेरैको जीवन बचाएका छन । यद्यपी तीनै देवकोटा जसका कारण धेरैले आफन्त समेत गुमेर ऋणको भारी बोक्नु परेको छ ।

डा देवकोटा माथि गलत काम गरेको आरोप नलागेको होइन । तर आजका दिनमा देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै गरेपनि कतिपय मान्छेले उनले विगितमा दिएको पीडा पनि सम्झिरहेका छन । यद्यपी उनीहरुले पनि देवकोटाको दीर्घायु र सुस्वास्थ्यका लागि कामना गरेका छन । मरिसकेको मान्छेलाई आइसियुमा राखेर पैसा उठाएको देखि बिरामीलाई भेट्न नदिने र चिकित्सकसँग पनि गम्भीर ढंगले परामर्श गर्न नदिई बिलमात्र तिराई बिरामीको आफन्तलाई पीडा दिने गरेको कुरा यसअघि पटक पटक प्रकाशमा आएका थिए र त्यहाँ उपचार गराउन गएका धेरैले अाजका दिनमा सम्झिएकै छन् ।

हामीले यहाँ नेकपा एमालेका नेता एवम् सांसद केशवराज पाण्डेले देवकोटाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा दिएको प्रतिक्रियालाई उल्लेख गरेका छौँ । पाण्डेले अाफ्नो भाइ प्रल्हाद पाण्डेलार्इ देवकोटाको पञ्जाबाट छुटाएर बचाउनका  लागि लाखाैँकाे उपहार र तीन महिना कुर्नुपरेकाे पीडा व्यक्त गरेका छन ।  साथै पाण्डेको स्टाटसमा केन्द्रीत भएर अन्य व्यक्तिले समेत डा देवकोटका बारेमा आक्रोश पोखेका छन । उक्त आक्रोश समेत हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

दैनिकी डट कम परिवार डा देवकोटाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १७:०१