१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

बलात्कार आरोपी महरा भेट्न जेलमै पुगे समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई

२० माघ, काठमाडौँ । बलात्कार आरोपी निवर्तनमान सभामुख कृष्णबहादुर महरा भेट्न समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जेलमै पुगेका छन । महरा रहेको डिल्ली बजार जेलमा गएर पूर्वप्रधानमन्त्री भट्टराइले झण्डै एक घण्टा कुराकानी गरेका थिए । बलात्कारको कसूरमा महरा कारागार चलान भएपछि जेलमै पुगेर भेट्ने भट्टराइ पहिलो उच्च तहको राजनीतिज्ञ हुन ।

कारागारका कर्मचारीहरूका अनुसार सोमबार दिउँसो कारागार पुगेका डा. भट्टराईले महरासँग झण्डै एक घन्टा कुराकानी गरेका थिए । जिल्ला अदालत, काठमाडौंले महरालाई १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । आदेशविरुद्ध उनी उच्च अदालत पनि पुगे । उच्चले पनि जिल्लाकै आदेश सदर गरिदियो र उनी अहिलेसम्म जेलमै रहेका छन ।

फाइल फोटो ।

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका महरा महिलाको किटानी जाहेरीपछि उनी १९ असोजमा बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ परेका थिए । त्यसपछि उनी निरन्तर हिरासत र जेलमा रहेका छन । उनले गएको दशैँ र तिहार पनि जेलमै बितेको थियो ।

 

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १९:३९