४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अष्ट्रेलियाकाे एडिलेडमा सोनाम ल्होछार मनाइयाे (फाेटाेफिचर)


-बालगोपाल उपाध्याय

२० माघ, एडिलेड । २८५६ औँ सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्वकाे उपल्यक्षमा एडिलेडमा विविध कार्यक्रम आयोजना गरि मनाईएको छ । मञ्जुश्री पात्रो अनुसार गत २५ जनवरीबाट सुँगुर बर्ष पूरा गरी मुसा वर्ष प्रवेश भएको छ ।

कार्यक्रम तामाङ सोसाइटी अफ अष्ट्रेलियाको साउथ अष्ट्रेलिया शाखाको आयोजनामा नेपाली वाणिज्य दुत दिपक धमलाकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि धमलाले सबै जातजातिको संस्कृति हाम्राे सम्पत्ति भएकाले त्यसको रक्षा गर्नु पर्ने बताउदै सबैमा ल्होछारको शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा एनआरएन साउथ अष्ट्रेलिया संयाेजक नवीन पन्त, एडिलेड नेपाली समाजका अध्यक्ष रेग्मी , पञ्चेवाजा समूह अष्ट्रेलियाका संयाेजक शिव रिमाल, मगर समाज साउथ अष्ट्रेलियाका अध्यक्ष गाेविन्द राना, नेपाली टेनिस क्लव साउथ अष्ट्रेलियाका अध्यक्ष सुपक अधिकारी लगायतले ल्होसारको शुभकामना दिनु भएको थियो । कार्यक्रम तामाङ सोसाइटी अफ साउथ अष्ट्रेलियाका अध्यक्ष पाल्देन लामाको अध्यक्षता सचिब छेदा लामाको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा तामाङ जातिको पहिचान झल्काउने गित तथा नृत्य प्रस्तुत गरिएको थियो । स्थानिय कलाकारहरु सुजना तामाङ,बुद्ध लामा,छिरिङ लामा, दावा लामा लगायतले आफ्ना गित संगितले कार्यक्रमकाे माहाेललाई तताएका थिए ।

   

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ११:१८