१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

रोपवे पुनः सञ्चालन गर्न अध्ययन

१९ माघ, काठमाडौं विगत दुई दशकदेखि बन्द भई अहिले अस्थिपञ्जरका रूपमा मात्र सीमित रहेको हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालनमा ल्याउने तयारी थालिएको छ । बागमती प्रदेश सरकारले तयारी स्वरूप अध्ययन थालेको हो ।

कुनै बेला तराई तथा आयातित सामान हेटौंडा हुँदै काठमाडौँसम्म मालसामान ढुवानीको भरपर्दो साधनका रूपमा रहेको यो ‘रोपवे’लाई बागमती प्रदेश सरकारले पुनः सञ्चालनमा ल्याउने तयारी थालेको खबर गोरखापत्र दैनिकमा छ । रोपवे २०५६ देखि पूर्ण रूपमा बन्द छ ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुककै यातायातको इतिहाससँग जोडिएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउने तयारी सुरु गरिएको जानकारी दिए । “यो रोपवे मुलुकको यातायात तथा ढुवानी साधनको इतिहाससँग समेत जोडिएको छ । इतिहासको संरक्षणका साथै पर्यटकीय दृष्टिकोणले समेत महìवपूर्ण रहेकाले प्रदेश सरकारले यसलाई पुनः सञ्चालन गर्नेछ,” उनले भने, “अध्ययनले दिएको प्रतिवेदनका आधारमा थप काम अगाडि बढाइनेछ ।”

हेटौंडादेखि काठमाडौँसम्म कुल ४२.२ किमि रहेको यो रोपवे २०५६ मा बिग्रिँदा ४ लाख रुपैयाँ अभावमा मर्मत सम्भार हुन नसक्दा बन्द भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०६:४९