१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

चालक अनुमतिपत्रको अनलाइन फाराम बन्द

१८ माघ, काठमाडौं । यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फाराम बन्द गरिएको जनाएको छ । अनुमतिपत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले सूचना जारी गर्दै जनाएको छ।

विभागले उक्त प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरी सञ्चालनमा ल्याइने जनाएको छ । विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फाराम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०९:०८