३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

एसिसी पूर्वी क्षेत्रीय क्रिकेटका लागि १८ खेलाडी छनोट

१७ माघ, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी पूर्वी क्षेत्रीय पुरुष टी–२० क्रिकेट प्रतियोगिताका लागि आज १८ खेलाडी छनोट गरेको छ । आगामी फागुन १५ देखि २३ गतेसम्म थाइल्यान्डमा आयोजना हुने उक्त प्रतियोगिताका लागि क्यानले सार्वजनिक गरेको टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, विनोद भण्डारी रहेका छन ।

त्यस्तै टिममा करण केसी, दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी, आरिफ शेख, सन्दीप लामिछाने, अभिनाश बोहोरा, पवन सराफ, कुशल मल्ल, सन्दीप जोरा, भुवन कार्की, सुशन भारी, किशोर महतो, लोकश बम, रोहित पौडेल र शेर मल्ल रहेका छन । शेर मल्ल पहिलोपटक सिनियर टोलीको १८ खेलाडीभित्र  परेका छन ।

फाइल फोटो ।

यस्तै भुवन कार्की लामो समयपछि टोलीमा पर्न सफल भएका छन । क्यानले शुक्रबार जारी गरेको १८ खेलाडीको सूचीबाट १४ खेलाडी छनोट गर्नेछ । सो प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । उक्त समूहमा आयोजक थाइल्यान्ड, मलेसिया र म्यान्म छन् । यस्तै समूह ‘बी’ मा हङकङ, सिङ्गापुर, भूटान र चीन छन् ।

नेपालले पहिलो खेल चीनसँग, दोस्रो खेल थाइल्यान्ड तथा तेस्रो खेल मलेसियासित खेल्नेछ । दुवै समूहको शीर्ष दुई–दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । उक्त प्रतियोगिताको विजेता टोली पाकिस्तानमा आयोजना हुने एसिसी एशिया टी–२० कपका लागि छानिनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानले समेत खेल्नेछन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार २२:५३