१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

व्लास्टिङ गरेर ढुंगा फुटाउँदा डोल्पामा दुर्इ जनाको मृत्यु


२५ वैशाख, डोल्पा । डोल्पा त्रिपुरा सुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा ढुङ्गा लागेर आज दुई जना कामदारको घटनास्थलमै मृत्यु भएको छ । एकजना भने गम्भीर घाइते भएका छन् ।

जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत खदाङ त्रिपुराकोट सडकखण्ड निर्माणका लागि चिप्लेभिरमा व्लास्टिङ हानेर ढुङ्गा फुटाउँदा उछिट्टिएको ढुङ्गा लागेर दुबै जनाको मृत्यु भएको हो ।

मृत्युहुनेमा रुकुम आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र सोही नगरपालिका वडा नं १२ का अमृत रानामगर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

घटनामा सोही नगरपालिका वडा नं ९ का शक्तिबहादुर शाही गम्भीर घाइते भएका छन् । गम्भीर घाइते शाहीको उपचारका लागि रुकुमतर्फ लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार २२:०२