सोलुखुम्बुमा नेपाली कांग्रेसका कार्की निर्वाचित
२४ फागुन, सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशसिंह कार्की निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले नौ हजार ४१४ मत प्राप्त गर्नुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार कल्पना राईले आठ हजार २२८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार ऋषिधन राईले तीन हजार ६४२, श्रम संस्कृति पार्टीका बिएस राईले तीन हजार ३६३ मत प्राप्त गर्नुभएको यहाँस्थित निर्वाचन कार्यालयले जनाएको छ ।
यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल ८५ हजार ५१५ मतदातामध्ये ४१ हजार ४०१ मत खसेको थियो ।
प्रकाशित मिति : March 8, 2026 at 1:07 pm









