१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

सभामुख कृष्णबहादुर महराको बेलायती सांसदसंग भेटवार्ता


२५ वैशाख, काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेटवार्ता गरेको छ ।

बेलायती सांसद निजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज सभामुख महरासँग भेटवार्ता गरेको हो । भेटमा सभामुख कृष्णबहादुर महराले नेपाल र बेलायतबीचको सम्बन्ध राजनीतिक मात्र नभई जनस्तरसम्मको भएको बताएका छन् ।

“नेपाल र बेलायतको सम्बन्ध राजनीतिकस्तरमा मात्रै सीमित नभै जनस्तरमा समेत रहेको जानकारी दिए । जनता–जनता बीचको सम्बन्धले दुई देशको मित्रतालाई झनै गाढा र नजिकको बनाइदिएको बताएका छन् ।

बेलायतको संसदीय प्रतिनिधिमण्डलाई स्वागत गर्न पाउँदा आफू निकै खुसी भएको भन्दै सभामुख महराले दुई देशबीचको संसदीय अनुभव आदानप्रदान गर्न भ्रमण फलदायी हुने आफूले विश्वास लिएको बताए ।

नयाँ संविधान निर्माणसँगै नेपालमा संघीय शासन प्रणालीको शुरु भएको बताउँदै सभामुख महराले बेलायती संसदीय प्रक्रिया, अभ्यास र अनुभव नेपालका लागि शिक्षा हुने बताएका छन् ।
बेलायतले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक निर्माणलगायत क्षेत्रमा लगानी गरिरहेको भन्दै सभामुख महराले यसले दुई देश र जनतासम्मको सम्बन्धलाई बलियो र नजिक बनाएको बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १९:३३