१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नेपाल र भारतबीच सन्धि र सीमा विवादबारे छलफल हुन्छ – मन्त्री पण्डित


२५ वैशाख, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने बताए ।

मोदीलाई जनकपुर विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्ने जानकारी दिँदै जनकपुरको जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पूजा गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

फरक प्रसंगमा नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता इतिहास र राष्ट्रको आवश्यकता भएको बताउँदै उनले यसलाई सफल पारेरै छाड्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १८:५०