१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

गाँजाबाट किसानलाई करोडपति बनाउने अभियानमा सांसदहरू, यी हुन गाँजाखेती पक्षधर सांसद

१५ माघ, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले गाँजाखेतीबाट किसानलाई करोडपति बनाउने अभियानको कानुन पहलकमदी सुरू गरेका छन । प्रहरीले हरेक वर्ष सबैभन्दा बढी गाँजा फडाँनी गर्ने जिल्ला मकवानपुरका प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको नेतृत्वमा ५० भन्दा बढी सांसदहरूले जरूरी सार्वजनिक महत्वको प्रस्तावका रूपमा संसद सचिवालयमा दर्ता गराएका छन ।

जसको समर्थनमा गाँजा पदमार्गको विकासमा जुटिरहेका धादिङका प्रतिनिधिसभा सदस्य भूमि त्रिपाठीदेखि पुर्व डिआईजि समेत रहेका प्रतिनिधिसभा सदस्य नवराज सिलवालसम्म रहेका छन । ५० भन्दा बढी सांसदले उक्त प्रस्तावमा सुरूमै समर्थन जनाएका छन । जरुरी सार्वजनिक महत्वको प्रस्तावका रूपमा माघ ६ गते दर्ता भएको प्रस्तावको बारेमा अब संसदमा छलफल हुनेछ ।

सांसदहरूले प्रस्तावमा सरकारले गाँजाखेती गर्ने स्थान तोक्ने र सरकारकै अनुगमनमा खेती गर्नुपर्ने बुँदा समेत राखेका छन । विश्वको ६५ भन्दा धेरै देशले गाँजालाई आम्दानीको श्रोत बनाएका छन । गाँजाको अनुसन्धानकर्ताको अनुसार यो ९८ प्रतिशत राम्रो कामको लागि प्रयोग हुने, किसानको आम्दानिको राम्रो श्रोत हुने पाईएको भन्दै विकसित देशका किसानहरु गाँजाखेतीबाट समृद्ध बनेको अवस्थामा नेपालीहरु भने जेल जानुपर्ने कुरा दुर्भाग्य रहेको प्रस्ताव सांसद बिरोध खतिवडाको भनाइ रहेको छ । भीरपाखामा किसानलाइ गाँजाखेती गर्नदिने हो भने उनीहरूले करोडाैँ रूपैयाँ अाम्दानी गर्न सक्ने सांसदहरूको दाबी रहेको छ ।

यो पनि पढ्नुहोस्

-सबै नेपालीलाई करोडपति बनाउन गाँजाखेती गर्नुपर्छः सांसद स्थापित (भिडियाेसहित)

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार २३:२६