१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

स्वास्थ्यमन्त्रीज्यू आफैँ ट्वाइलेट सफा गरेर कर्मचारीलाई ताली पिटाउने कि बर्खास्त गर्ने ?


–दुर्गा पुडासैनी

२५ वैशाख, काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले आइतबार बिहान बीर अस्पतालको ट्वाइलेट सफा गर्दा त्यहाँ कर्मचारी अरुलाई पनि ताली बजाउन उर्दी गरेर बसिरहेका थिए । उज्यालो टिभीले कैद गरेको भिडियोमा मन्त्री अर्याल र सामाजिक अभियन्ता सिताराम कट्टेल ट्वाइलेटमा ब्रस घोटिरहेको समयमा अस्पतालका कर्मचारी भने ताली पिट्न अन्य सहकर्मीलाई आग्रह गरिरहेका थिए ।

मन्त्री अर्यालले जुन नियतले अस्पतालको सफाइमा सहभागिता जनाईन त्यसमा स्यावासी दिनुको विकल्प छैन तर अब काम चोर कर्मचारीलाई तलब खुवाएर राख्ने अनि अस्पतालको ट्वाइलेट सफा चाहिँ मन्त्रीले गएर गरिदिनुपर्ने ? यो प्रश्न एकदमै पेचिलो ढंगले उठेको छ । जिम्मेवारी लिएर पूरा नगर्ने नालायक कर्मचारीलाई मन्त्रीले बर्खास्त गर्ने हो न कि उल्टै उनीहरुले ट्वाइलेट सफा गरेनन् भनेर आफैँ गर्दै हिड्ने ।

हेर्नुहोस भिडियो (साैजन्य उज्यालो टिभी)

आज देशका कुनै पनि त्यस्ता सरकारी अस्पताल छैनन जहाँ त्यहाँ कार्यरत सफाइका कर्मचारीले काम गरेका हुन । त्यसकारण मन्त्रिज्यू तपाईले ट्वाइलेट सफा गर्ने होइन कि त्यहाँ त्यस जिम्मेवारी पाएर पनि पूरा नगर्ने कर्मचारीलाई तीनको सुपर भिजन गर्ने हाकिमहरुलाई बर्खास्त गर्ने हो ।

आज मन्त्रीले ट्वाइलेट सफा गरेको फोटो पत्रिकामा छापिएला सय जनाले ताली पिट्लान तर कामचोर कर्मचारीलाई बर्खास्त गरेर काम गर्ने कर्मचारीलाई त्यहाँ स्थान दिनुभयो भने अस्पतालको ट्वाइलेट प्रयोग गर्ने हजारौँ बिरामी र तिनका आफन्तले हरेक दिन तालि पिट्नेछन ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १३:०९