२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

ए डिभिजन लिग : एपीएफ-पुलिस तथा मच्छिन्द्र-थ्रीस्टार भिड्दै

१३ माघ, काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजदेखि नवौं चरणको खेल हुँदै छन् । नवौं चरणको पहिलो दिन आज दुईवटा खेल हुनेछन् ।

नवौं चरणका ४ खेल दशरथ रंगशाला र तीन खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । आज विभागीय टोली एपीएफ र नेपाल पुलिस भिड्नेछन् । यी दुईबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा मच्छिन्द्र र थ्रीस्टार आमने-सामने हुनेछन् ।

आठौं चरणको समाप्तिसँगै त्रिभुवन आर्मी क्लब १७ अंकसहित शीर्ष स्थानमा छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमश: मच्छिन्द्र र मनाङ छन् । दुवै टोलीको समान १६ अंक छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०७:२०