अस्ट्रेलिया डे काे परेडमा नेपाली समुदाय सहभागी हुँदै, भ्रमण वर्षको प्रवर्द्धनसमेत गरिने
१२ माघ, एडिलेड । अष्ट्रेलियामा पहिलो पटक बेलायती पहुंच स्थापना भएको सम्झना गर्दै मनाइने ‘अष्ट्रेलिया डे’ मा हुने परेडमा दक्षिण अष्ट्रेलियाका नेपाली समुदायले पनि सहभागिता जनाउने भएको छ । एडिलेडमा रहेका नेपाली संघसस्थाहरुको सहकार्यमा एडिलेड नेपाली समाजकाे नेतृत्वमा नेपाली समुदायबाट नेपालको पर्यटन र कलासंस्कृति झल्किने प्रस्तुतिहरु परेडमा देखाउने तयारी गरिएको छ ।

पञ्चेवाजा समूह एडिलेडका संयाेजक शिव रिमालका अनुसार समूहकाे बिशेष प्रस्तुति रहने छ। यसका लागि जनवरी २६ का दिन एडिलेड स्थित भिक्टाेरिया स्क्वायरकाे फ्रयांक्लिन स्ट्रिटमा अपरान्ह ४.३० बजे नेपाली समुदायलाई नेपाली सांस्कृतिक पाेशाक सहित भेला हुन एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन्द्र रेग्मीले अनुरोध गर्नु भएकाे छ ।
यस बर्ष परेडमा नेपाल भ्रमण वर्ष २०२० को प्रबर्द्धन पनि गरिने भएको छ । हरेक वर्ष जनवरी २६ तारिखमा बेलायती फौज सहितको जहाज अष्ट्रेलियाको भू–भागमा ल्याइएको सम्झनामा मनाइने अष्ट्रेलियन डेमा यहाँ रहेका प्राय सबै समुदायका हजारौ मानिसहरुले सहभागीता जनाउने गर्दछन् ।
प्रकाशित मिति : January 26, 2020 at 7:32 am









