१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बालविवाह गरिरहेका केटाकेटी जग्गेबाटै पक्राउ


२४ वैशाख, रुकुम । रुकुम जिल्लाको मुसिकोट नगरपालिकामा आज बालविवाह गरिरहेका एक जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।बालविवाह गर्न लागेको गोप्य सूचनाका आधारमा प्रहरीले दुलहा दुलहीलाई विवाह मण्डपबाटै पक्राउ गरेको थियो ।

केटाकेटीबीच केही दिनअघि प्रेम विवाह भएको थियो । मुसिकोट नगरपालिका–१० का १७ वर्षीय बालक र नगरपालिका–९ की १६ वर्षीया बालिकाबीच बालविवाह हुँदै गर्दा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

प्रहरीले दुलहा दुलहीलाई पक्राउ गरेपछि विवाह रोकिएको छ । ती केटाकेटीलाई अभिभावकको जिम्मा लगाइने प्रहरीको भनाइ छ । प्रहरीको सक्रियतामा जिल्लामा १६ वटा बालविवाह रोकिएका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १६:४०