२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

टी–२० विश्वकप क्रिकेट २०२१ को छनोट प्रतियोगितामा नेपाल छनोट

१० माघ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले टी-ट्वान्टी विश्वकप क्रिकेट २०२१ को लागि छनोट प्रक्रिया तय गरेको छ । टी ट्वान्टी विश्वकप क्रिकेट २०२१ भारतमा हुने पनि तय गरिएको छ ।

नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप २०२१ को ग्लोबल क्वालिफायर सीधै खेल्न पाउने भएको छ । उक्त क्वालिफयरमा २०२० को विश्वकपका पुछारका चार टोलीसँगै अन्य चार टिमले सहभागिता जनाउने भएको आईसीसीले जनाएको छ ।

आईसीसीले १ जनवरी २०२० को वरीयताक्रमलाई आधार बनाएको छ । जसअनुसार नेपालसँगै जिम्बावे, यूएई र हङकङले ग्लोबल क्वालिफायर खेल्नेछन् । टी–ट्वान्टी विश्वकपमा १६ टोलीले सहभागिता जनाउँदै छन् । जसमध्ये पुछरका चार टोलीले विश्वकप २०२१ को क्वालिफायर खेल्नुपर्नेछ । २०२१ को विश्वकपमा १६ टोलीले सहभागिता जनाउनेछन् । –एजेन्सी

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार ०६:३६