२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

८ माघ, काठमाडौं । राजु गिरी प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतिमा चलचित्र ‘कीर्ति‘ को राजधानीमा आयोजित एक कार्यक्रममा शुभ मुहूर्त गरिएको छ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा मंगलबार भएको कार्यक्रममा वरिष्ठ सौन्दर्यविद् सीता पाठक, इभेन्ट अर्गनाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार संघका सदस्यहरु रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जीवन थापा, कलाकार सुदर्शन आचार्यलगायत सहभागी थिए ।

उक्त चलचित्रका नायक रोशन बिशुंके, कलाकार सबिन बास्तोला, सावित्रा चिलुवाललगायतले मुहूर्त सर्ट दिएका थिए । प्रमुख अतिथि खड्काले क्ल्याप दिएर शुभ मुहूर्त गरिएको थियो ।

चाँडै दार्जीलिङ र सिक्किममा छायांकन थालिने ‘कीर्ति‘ मा नायक रोशन बिशुंके, कमल शर्मा, नायिका करिश्मा क्षेत्री, कलाकारहरु सबिन बास्तोला, सावित्रा चिलुवाल, दावा गुरुङ, शारदा गिरी (काली बूढी) छनोट भएका छन् । अन्य कलाकारहरु सिक्किमबाटै अडिसनमार्फत छानिने निर्माता दावा गुरुङले बताए ।

प्रकाशित मिति : 07:38