२४ बैशाख २०८१, सोमबार | Tue May 7 2024

प्रमुख पर्यटकीय गन्तव्य स्वयम्भूको गेटमै फोहोरको डंगुर, कुकुर र बाँदरको आंतक उस्तै


३ माघ, काठमाडौँ । ‘पर्यटन बर्ष २०२०’ को नाममा सरकारले करोडौँ खर्च गरिरहेको छ । तर प्रमुख पर्यटकीय गन्तव्यहरूमा गर्नुपर्ने सुधारमा सरकारको ध्यान पुगेको दैखिदैन् । मगन्तेदेखि बाँदर र कुकरले समेत पर्यटकलाइ दुःख दिइरहेका हुन्छन तर यसतर्फ न संघीय सरकारको चासो न त स्थानीय सरकारकै ।

केहीदिन अघि स्वयम्भू क्षेत्रमा रहेको बिजेश्वरी नजिकको कुदाप तामाङ रेष्टुरेन्टमा रहेको एउटा कार्यक्रममा सहभागी हुन जानेक्रममा एउटा प्रमुख पर्यटकीय गन्तव्य स्वयम्भूका गेटैमै फोहरो डंगुर भेटियो । त्यही फोहोर माथि कुकुरको रजाइँ थियो भने । बाँदरको छुट्टै बितण्डा । एक जना पर्यटकको झोला खोसेर बाँदर भागिरहेको थियो ।

दैनिक हजारौँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने स्वयम्भूको गेटमै फोहरको डंगुर र कुकुर तथा बाँदरको आतंक देखेर हामी एकछिन त्यहाँ पुग्नेमात्र हैन त्यहाँका स्थानीय पनि आजित छन । स्थानीयका अनुसार झण्डै १५ सयको हाराहारीमा त कुकुरमात्र रहेका छन । स्थानीय समेत रहेका पर्यटन व्यवसायी जगत लामाका अनुसार दैनिकजसो कुकुर र बाँदरले पर्यटकलाई झम्टने, स्थानीय पैदलयात्रीलाई टोक्ने गरेको बताउँछन ।

देश नेपाल भ्रमण वर्ष २०२० को भव्य तयारीमा होमिरहेको समयमा प्रमुख पर्यटकीय गन्तव्यमा फोहोर संकलनको काम समेत गर्न सकिरहेको छैन लामाले भने–’सरकारले पर्यटन बर्ष घोषणा मात्रै गर्यो तर मुख्य पर्यटकिय क्षेत्रमा अझै अव्यवस्थित र असहज स्थिती रहेको छ, स्वयम्भु स्तुपा छिर्ने द्धार भगवानपाउ क्षेत्र आसपास त कुकुर र बाँदरले पर्यटकलाई हैरान बनाउछ ।’, उनी अघि भन्छन– ‘अझै उनिहरुले बोकेको सामानमाथी पटक–पटक झम्टिने, कुकरको भिडले लखेट्ने जस्ता असहज स्थितीले पर्यटकले सास्ती व्यहोर्नु परिरहेको छ ।’ उनले स्वयम्भु आसपास रहेका बाँदरको आतंक रोक्न सरकारले पहल गर्नुपर्ने बताए ।

स्वयम्भुमा मङकी टेम्पल होमस्टेका सञ्चालक लाप्साङ लामाले पनि बुद्धको मुर्ती हेर्न र शान्तीको आभाष महसुस गर्न आउने पर्यटकमाथी कुकुर र बाँदरको झम्ट्याईले हैरान र अशान्ती मच्याएको बताएका छन । उनले भने–’कुकुर र बाँदरको आतंक त छदैछ , त्यसमाथी स्तुपा छिर्ने मुख्य द्धारमा फोहोरको डङ्गुर देख्दा पर्यटक दिक्क हुन्छन ।’

पर्यटकीय क्षेत्रको व्यवस्थापन र सुधारमा ध्याना नदिने हो भने नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्रयाउने सरकारको अभियान सपनामात्र हुनेछ । त्यसकारण भिजिट नेपाल २०२० का नाममा युवा क्लबहरूलाइ बजेट बाड्नुको साटो भएका पर्यटकीय गन्तव्यको सुधारका निम्ति खर्च गरेर सरकारले सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार १५:३०