२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

कोपा इटालिया फुटबलमा युभेन्टसको सानदार जित

२ माघ, एजेन्सी । कोपा इटालिया फुटबलअन्तर्गत गएरातिको खेलमा युभेन्टसले सानदार जित हासिल गरेको छ । यो जितसँगै युभेन्ट्सले क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।

खेलमा युभेन्ट्सले युडिनीजलाई ४-० गोल अन्तरले हरायो । युभेन्ट्सको जितमा पाउलो ड्याबालाले २ तथा गोन्जालो हिग्युन र ड्युगलस कोस्टाले समान एक गोल गरेका थिए ।

गोन्जालो हिग्युनले १६औं मिनेटमा गोल गर्दै युभेन्ट्सले १-० को अग्रता बनाएका थिए । खेलको २६औं मिनेटमा ड्याबलाले युभेन्ट्सको अग्रता दोब्बर पारे । ५७औं मिनेटमा पेनाल्टीमार्फत ड्याबलाले व्यक्तिगत दोस्रो गोल गरे ।

त्यस्तै कोस्टाले ६१औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई ४-० को सानदार जित दिलाए ।

प्रकाशित मिति : २ माघ २०७६, बिहीबार ०७:५६