२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

अस्ट्रेलियासँग भारत १० विकेटले पराजित

१ माघ, काठमाडौं । अस्ट्रेलियाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पहिलोपटक १० विकेटको जित निकाल्न सफल भएको छ । मुम्बईको वानखडे मैदानमा मंगलबार भएको खेलमा २ सय ५६ रनको लक्ष्य अस्ट्रेलियाले ३७ दशमलव ४ ओभरमा बिनाविकेटको क्षतिमा पूरा गर्‍यो ।

अस्ट्रेलियाको टिमले भारतविरुद्ध पहिलो पटक १० विकेटको कीर्तिमानी जित निकाल्यो । उसका लागि डेविड वार्नरले १२८ र कप्तान एरोन फिन्चले ११० रनको अविजित इनिङ खेले । दुवैले रन चेज गर्दै भारतविरुद्ध सर्वाधिक अर्थात रेकर्डेड साझेदारी गरे ।

यसअघि १९९७ मा वेस्टइन्डिजका शिवनारायण चन्द्रपाल र स्टुआर्ट विलियम्सले भारतविरुद्ध अविजित २०० रनको साझेदारी गरेका थिए । फिन्चले १६ तथा वार्नरले १८औं शतक लगाए ।

दुवै टिमबीच यो मैदानमा अहिलेसम्म ४ खेल भएका छन् । जसमा भारतीय टिम एक जित निकाल्न सफल भएको छ । तीन खेलमा अस्ट्रेलियाले जित निकालेको छ । –एजेन्सी

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०९:०३