१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

बचत गर्ने बानीको विकास गर्न सनराइज बैंकको नयाँ योजना

२७ पुस, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय चेतना आम नागरिकमा बढाउन दिएको निर्देशनअनुसार नै सनराइज बैंकले अभियान शुरु गरेको छ । बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज ‘रिकरिङ’ खाता सञ्चालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी नै रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दती खाता सरह पाइनेछ । आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गर्दै जान सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमितरुपमा मुद्दती खातामा जम्मा हुँदै जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिनेछ । खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने ब्याज व्यक्तिगत मुद्दती खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ । बैंकले मुद्दती खातामा ९.२५ प्रतिशतमा थप ०.५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ ।

माछापुच्छ्रे बैंकको किसान कार्ड

कृषि उपजमा लगानी बढाउने र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ माछापुच्छ«े बैंकले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको छ । साना तथा मध्यम आय भएका किसानलाई राहत दिने लक्ष्यका साथ बैंकले सो सेवा शुरु गरेको हो ।

बैंकले युकेएड सक्षमको ‘एक्सेस टु फाईनान्स कार्यक्रम’ र हेफर ईन्टरनेशनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई कार्ड प्रदान गर्ने योजना ल्याएको हो । उक्त किसान कार्डअन्र्तगत किसानले रु चार लाखसम्मको कृषि कर्जा प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणमा हेफर इन्टरनेशनल नेपालसँग आबद्ध बाँके जिल्लाको खजुरा गाउँपालिकामा अवस्थित साझा फुलबारी उद्यमी महिला सहकारीका कृषकलाई उक्त कार्ड प्रदान गरी सेवाको शुरुआत गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । किसान कार्डमार्पmत कृषकले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् । ग्रामीण क्षेत्रमा रहेका साना किसानलाई व्यवसायमा सहयोेग गरी आयआर्जनमा बढावा दिने तथा स्वरोजगारीको अवसर सिर्जना गर्न उक्त किसान कार्ड सुविधा ल्याइएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ पुष २०७६, आईतवार १८:३२