१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ट्रकमा ठोक्किएपछि बसमा आगो लाग्यो : २० को मृत्यु, २१ घाइते

२६ पुस, एजेन्सी । भारतको उत्तर प्रदेशस्थित कन्नौजमा शुक्रबार राति भएको दुर्घटनामा २० यात्रुको मृत्यु भएको छ । जीटी रोडमा बस र ट्रक आपसमा ठोक्किँदा बसमा सवार यात्रु जलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ट्रकसँग ठोक्किएपछि बसमा आगो लागेको थियो । आगलागीमा २० यात्रुको मृत्यु भएको आजतकले समाचारमा उल्लेख गरेको छ । यो दुर्घटनामा अन्य २१ यात्रु घाइते भएका छन् ।

बस कन्नौजको गुरसैगन्जबाट जयपुर जाँदै थियो । घाइतेहरुलाई उपचारका लागि नजिकको अस्पताल पुर्‍याइएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाबारे जानकारी लिएका छन् । उनले घाइतेहरुलाई ५० हजार रुपैयाँ र मृतकका परिवारलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । –आजतक

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०९:१६