१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ओमानका सुल्तान काबुस बिनको निधन

२६ पुस, काठमाडौं । ओमानका सुल्तान (राजा) काबुस बिन सैद अलीको निधन भएको छ । उनको ७९ वर्षको उमेरमा निधन भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

क्यान्सरबाट पीडित सुल्तान काबुस गत महिना बेल्जियममा उपचार गराएर स्वदेश फर्किएका थिए । सुल्तान काबुसको शुक्रबार बेलुका निधन भएको सरकारी सञ्चारमाध्यमले शनिबार बिहानै जानकारी दिएको हो ।

काबुसले बेलायतको सहयोगमा सन् १९७० मा रक्तविहीन ‘कू’ मार्फत आफ्ना पितालाई अपदस्थ गरी शासनको बागडोर सम्हालेका थिए । अविवाहित उनका अहिले उत्तराधिकारी छैनन् ।

अब ओमानी राजपरिवारका झन्डै ५० पुरुष सदस्यमध्येबाट राजपरिवार काउन्सिलले एकजनालाई भावी सुल्तानका रुपमा चयन गर्नेछ । यो प्रक्रिया तीन दिनभित्र पूरा हुने जनाइएको छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ पुष २०७६, शनिबार ०७:५५