एन्फा सदस्यमा नुवकोटका पूर्णमान चित्रकार ५५ मतसहित विजयी
२३ वैशाख, काठमाडाैँ । अखिल नेपाल फुटबल संघ एन्फाको सदस्यमा नुवाकोटका पूर्णमान चित्रकार निर्वाचित भएका छन । एन्फा नुवाकोटका पूर्व अध्यक्ष चित्रकारले नुवाकोटको फुटबलको विकासका लागि महत्वपूर्ण योगदान दिएका छन । शनिबार भएको निर्वाचनमा ५५ मत प्राप्त गर्दै चित्रकार ४ वर्षका लागि निर्वािचत भएको एन्फा नुवाकोटका उपाध्यक्ष उद्धव पनेरूले जानकारी दिए ।
एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी भएका छन । एन्फामा लामोसमय एकाधिकार जमाउन सफल पूर्व अध्यक्ष गणेश थापाको सालो मणि कुँवरलाई पराजित गर्दै शेर्पाले नयाँ इतिहास कायम गरेका हुन । शेर्पाले कुँवरलाई ५१ मतले पराजित गरे । शेर्पाले ६३ र कुँवरले १२ मत पाएको निर्वाचन समितिले जनाएको छ । कर्मा समुहले अध्यक्ष सहित ४ उपाध्यक्ष र १२ जनै केन्द्रिय सदस्य जितेको छ । यो नतिजासंगै नेपाली फुटवलमा गणेश थापा युगको अन्त्य भएको छ ।
प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १०:१७