३० कार्तिक २०८१, शुक्रबार | Fri Nov 15 2024

एन्फामा गणेश थापाको समूहको पत्तासाफ, कर्मा छिरिङ शेर्पा अध्यक्षमा वियजी

२२ वैशाख, काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी भएका छन । एन्फामा लामोसमय एकाधिकार जमाउन सफल पूर्व अध्यक्ष गणेश थापाको सालो मणि कुँवरलाई पराजित गर्दै शेर्पाले नयाँ इतिहास कायम गरेका हुन । शेर्पाले कुँवरलाई ५१ मतले पराजित गरे । शेर्पाले ६३ र कुँवरले १२ मत पाएको निर्वाचन समितिले जनाएको छ । कर्मा समुहले अध्यक्ष सहित ४ उपाध्यक्ष र १२ जनै केन्द्रिय सदस्य जितेको छ । यो नतिजासंगै नेपाली फुटवलमा गणेश थापा युगको अन्त्य भएको छ ।

एन्फाको उपाध्यक्षमा कर्मा समुहकै पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णवहादुर थापा र वीरबहादुर खड्का विजयी भएका छन् । नेम्वाङले ६१ सिहंले ५८ थापाले ५२ र खडकाले ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । ४ जना उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यस्तै, नयाँ कार्यसमितिको सदस्यमा दावा लामा ९५६० दिनेश ब्यन्जनकार ९५५० दीर्घबहादुर केसी ९५५०, पूर्णमान चित्रकार ९५५०, बिजय घले, ९५३० निरोज खड्की ९५२०, किरण राई ९५००, मधुसूदन उपाध्याय ९४८०, प्रदेशसिंह राठोर ९४८०, रत्नकुमार श्रेष्ठ ९४८ ० रबिन्द्रनाथ श्रेष्ठ ९४२० विजयी भएका छज् । ११ जनाको लागी २९ जना उम्मेद्वार थिए । महिला सदस्यमा यसअघि नै पेम्बा लामा निर्बिरोध निर्वा्चित भएकी थिइन ।

प्रकाशित मिति : २२ बैशाख २०७५, शनिबार २१:४४