१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राखियो हावा सफा गर्ने ‘स्मोग टावर’ !

२० पुस, एजेन्सी । भारतको राजधानी दिल्लीको लाजपत नगरमा ‘स्मोग टावर’ बनाइएको छ । २० फिट उचाइको यो स्मोग टावरले ७२० मिटर वरपर क्षेत्रको हावा शुद्ध गर्नेछ ।


यसले दैनिक अढाइ लाखदेखि ६ लाख क्युबिक मिटर हावा सफा गर्नेछ । यसलाई सञ्चालन गर्न हरेक महिना ३० हजार भारु खर्च हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टावर सञ्चालन खर्च मार्केट एसोसिएसनले तिर्नेछ । प्रदूषित दिल्लीको अवस्थामा सुधार ल्याउन ५० हजारभन्दा बढी टावरको आवश्यता छ ।

फ्रान्समा बनेको ‘शुद्ध’ नाम दिइएको एयर प्युरिफाइरलाई ट्रेड्र्स एसोसिएसन लाजपत नगर र गौतम गम्भिर फाउन्डेसनले लगाएको हो । –एजेन्सी

प्रकाशित मिति : २० पुष २०७६, आईतवार ०७:४३