२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

महाधिवेशन सकिएको दुई वर्षपछि नेपाली कांग्रेसमा पदाधिकारीको मनोनयन, पौडेल समुहले गरे विरोध

२१ वैशाख, काटमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा पदाधिकारी मनोनयन गरेका छन् ।
महाधिवेशन सम्पन्न भएको दुई वर्षपछि देउवाले शुक्रवार उपसभापतिमा विमलेन्द्र निधि र महामन्त्रीमा पूर्णबहादुर खड्कालाई मनोनयन गरेका हुन् ।


पदाधिकारी मनोनयनका लागि विहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजेपछि मात्र बसेको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी मनोनयन प्रस्तावको विरोध गरेका थिए ।

देउवा समूहले बहुमतका आधारमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको छ ।पौडेल समूहका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सदस्य निर्वाचित भएको दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी मनोनयन अहिले गर्नु विधान विपरीत हुने बताए । अहिले पदाधिकारी मनोनित गर्न डाकिएको बैठक अवैधानिक भएकाले आफूहरुले नमान्ने उनले बताए

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १८:३७