२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

सेवा रोक्ने यातायातका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन, प्रशासनलाई परिपत्र

२१ वैशाख, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सेवा रोक्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । मन्त्री थापाले शुक्रबार सेवा अबरुद्ध गर्ने देशभरका समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका हुन ।

मन्त्रीको निर्देशन लगत्तै गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको निर्देशन लगत्तै सबै जिल्ला प्रशासन कार्यालयले सवारी अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारी पक्राउका लागि प्रहरी परिचालन गर्न सुरु गरेका छन । आवश्यक सेवा सञ्चालन ऐन २०१४ को उलंघन गरेमा ६ महिनासम्म कैदसम्म गर्न सकिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १२:५८