उखु किसानको २१ करोड नतिर्ने व्यापारी वीरेन्द्र कनोडिया कांग्रेस संसदीय दलको उपनेता
१५ पौष, काठमाडौँ । नेपालमा हुने हरेक खालका अपराधमा प्रहरीको संलग्नता र तीनको बचाउमा राजनीतिक संरक्षण हुने गरेको छ । विभिन्न घटनाको सुक्ष्म अनुसन्धान हुँदा यस्ता विषय बाहिर आइरहेका छन । गुण्डागर्दीदेखि कलोबजारीसम्ममा पनि यस्तै संलग्नता र संरक्षणले काम गर्ने गरेको छ । व्यापरीहरू पैसा लगानी गरेर राजनीतिक दलका नेताहरू पालिरहेका हुन्छन । तीनै नेताले उनीहरूको व्यापार भित्रको अपराध लुकाउनका लागि भूमिका निर्वाह गर्ने गरेका छन ।
हुनत हाम्रो समाजमा कुनै एउटा राजनीतिक दलको पछि नलाग्ने हो भने उसको धारामा पानी पनि नखस्ने अवस्था छ । कर्मचारीतन्त्र भष्ट्राचारमा चुर्लुम्मै डुबेको छ । प्रहरीप्रति डर र भर दुबै देखिदैन । समाजमा अराजकता व्याप्त छ । यद्यपी यहीबीचमा सरकारले सुधारका काम अघि बढाइरहेको छ । तर त्यो प्रभावकारी देखिएको छैन ।

उखु किसानले वर्षौदेखि आफ्नो मूल्य पाएका छैनन् । तर वर्षौदेखि किसानको पैसा नतिर्न व्यापरीहरूले राजनीतिक दलको संरक्षणमात्र हैन नेता हुने अवसर समेत पाएका छन । उखु किसान वर्षौदेखिको पैसा नपाएपछि अहिले सरकारको कान फुक्न काठमाडौँ आइपुगेका छन । उनीहरू ऋण काढेर काठमाडौँमा आएका छन । तर उनीहरूले उखुको पैसा पाउने अवस्था छैन । सरकारका जिम्मेवार मन्त्रीहरू चिनि मिलका सञ्चालक भागेको भन्दै पन्छिन खोजेका छन भने किसानहरू भोकभोकै सडकमा लडिरहेका छन ।
किसानका उखुको २१ करोड भन्दा बढी रकम भुक्तानी नदिने महालक्ष्मी सुगर्सका सञ्चालक वीरेन्द्र कनोडिया अहिले नेपाली कांग्रेसका प्रभावशाली नेता छन् । उनी प्रदेश ५ को कांग्रेसको संसदीय दलका उपनेता समेत हुन । कपिलवस्तुबाट सांसदमा निर्वाचित भएका कनोडियाको सर्लाहीमा महालक्ष्मी सुगर्स मिल सञ्चालन गरेका छन । उनी खुलमखुला हिडिरहेका छन । तर कृषिमन्त्री घनश्याम भुषाल चिनिमिलका सञ्चालक सम्पर्कमा नआएको बताउँछन ।
प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार ०८:३८









