१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पुटिनलाई ट्रम्पले फोनबाटै भने, ‘थ्यांक यू’

१५ पुस, मस्को अमेरिकी गुप्तचर विभागले नयाँ वर्षमा रसियामा हुन लागेको आतंकवादी हमलालाई रोक्न मद्धत गरेको छ । रसियाको गृह मन्त्रालय केरमलिनले आइतबार यसको खुलासा गरेको हो ।

क्रेमलिनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर आतंकवादी हमलाको योजनाबारे जानकारी गराएका थिए । अमेरिकी गुप्तचर विभागको यस सूचनाको आधारमा रुसी संघीय एजेन्सीले दुई षड्यन्त्रकारी नागरिकलाई पक्राउ गरेको छ । ट्रम्पले गरेको यो मद्धतका लागि पुटिनले उनलाई फोन गरेर धन्यवाद दिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यकहरुले जनाएअनुसार ट्रम्पले फोनबाटै भनेका छन्, ‘थ्यांक यू पुटिन’ ।

केरमलिनले आफ्नो आधिकारिक बयानमा दुईबीच भएको कुराकानीको बारेमा खासै जानकारी दिएको छैन । दुईबीच भने साझा हित र चासोको विभिन्न विषयमा छलफल र दुईपक्षीय सम्बन्ध अगाडि बढाउने बारे कुराकानी भएको थियो । यसैगरी आतंकको विरुद्धमा सँगै जाने प्रतिबद्धता जनाएका छन् ।

ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको यो पहिलो पटक भने हैन । यसअघि पनि यी दुईबीच सिरिया, परमाणु सम्झौता, उत्तर कोरिया र व्यापारको विषयमा कुराकानी भएको थियो । –एजेन्सी

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार ०७:२८