१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

राजालाई अपमान गरेको भन्दै युट्युबरलाई ४ वर्ष जेल

१२ पुस, काठमाडौं मोरक्कोमा राजालाई अपमान गरेको अभियोगमा एक युट्युबरलाई ४ वर्षको जेल सजाय तोकिएको छ । मोहमद सेक्काकी नामका युट्युबरले आफ्नो देशका राजा अपमानित हुने प्रकृतिको भिडियो सार्वजनिक गरेको भन्दै उनलाई जेल सजाय सुनाइएको हो ।

उनका वकिल मोहमद जियानका अनुसार सेक्काकीका युट्युब भिडियो सामान्यतः १ लाख ‘भ्युज’ पाउँछन् । उनै चर्चित युट्युबरलाई यही डिसेम्बर पहिलो सातातिर प्रहरीले पक्राउ गरेको थियो । स्थानीय मिडियाका अनुसार उनले भिडियोमार्फत मोरक्कोका जनतालाई ‘गधा’ भन्नुका साथै राजा मोहम्मद छैटौंलाई ‘अछूत’ भनेका थिए ।

यसअघि मोरक्कोमै र्यापरलाई सरकारी अधिकारीमाथि टिप्पणी गरेको भन्दै १ वर्षको जेल सजाय सुनाइएको थियो । मोरक्कोमा पछिल्लो समय अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सरकारले गरेका निर्णयको मानवअधिकारकर्मीले विरोध गर्दै आएका छन् । –एजेन्सी

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०७:३८