१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

१२ पुस, कास्की रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराको आयोजनामा आज (शनिबार) देखि पोखरा सडक महोत्सव सुरु हुँदै छ ।

पोखराको पर्यटन प्रवर्द्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सडकमै खाऊँ सडकमै नाचौँ र सडकमै रमाउँ’ भन्ने नारासहित विगत २१ वर्षदेखि रेवान पोखराले महोत्सवको आयोजना गर्दै आएको हो ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, विभिन्न देशका खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, कृषि उपज प्रदर्शनी साथै पोखराका रमणीयस्थलको वृत्तचित्रसमेत प्रदर्शनी गरिने महोत्सव संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

महोत्सव लेकसाइडको ३ किमि सडक क्षेत्रमा हुँदै छ । महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न भूमिका खेल्ने रेवानका अध्यक्ष भीमसेन भुजेल बताउँछन् ।

फाइल तस्बिर ।

प्रकाशित मिति : १२ पुष २०७६, शनिबार ०७:२६