१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दिल्लीमा फेरी आगलागी, ४० जनाको जिवितै उद्धार

१० पुस, रासस/एएनआई । भारतको केन्द्रिय राजधानी दिल्लीमा फेरी अर्को आगलागीको घटना भएको छ । केहीदिनदेखि भइरहेका आगलागीका घटना मध्ये बिहीबार भएको पछिल्लो घटनामा परेका ४० जनालाई जिवितै उद्धार गरिएको छ । नयाँ दिल्लीमा अवस्थित अग्नीनियन्त्रण विभागका उद्धारकर्ताहरुले कृष्णनगरमा रहेको एउटा भवनमा भएको आगलागीमा परेकाहरुलाई जिवितै उद्धार गरेका हुन् ।

बिहीबार राती करिब २ बजेतिर उक्त आगलागी भएको बताइएको छ । घटनालगत्तै उद्धारकर्ताहरु घटनास्थलमा पुगेकाले मानवीय क्षति भने नभएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १० पुष २०७६, बिहीबार १७:५०