१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

चीन सरकारद्वारा ११ महिनामै सिङजीयाङमा ७५ हजार रोजगारी सृजना

८ पुस काठमाडाैँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने उयगुर स्वशासीत क्षेत्रमा गत एघार महिनामा गरिबी रेखा मुनीमा परेका लागि ७५ हजार रोजगारी सृजना भएको छ । स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार सन् २०१९ का सुरुका ११ महिनामा त्यति रोजगारी सृजना भएको हो ।

फाइल फाेटाे

गत नोभेम्बरको अन्त्यसम्मको विवरणमा कुल ७५ हजार नौ सय ३३ रोजगारी सृजना भएको उल्लेख गरिएको छ । दक्षिणी सिङजियाङका गरिबीबाट प्रभावित २२ ठाउँका गरिब समुदायका व्यक्तिहरुका लागि ती रोजगारीहरु सृजना गरिएका हुन् । जनशक्ती र सामाजिक सुरक्षा सम्वन्धी क्षेत्रीय विभागका अधिकारीहरुले दिएको जानकारीअनुसार सिङजीयाङले सृङ्खलाबद्ध रुपमा सिप विकास सम्वन्धी निःशुल्क तालिमहरु सञ्चालन गरेको थियो ।

सिप विकास सम्वन्धी तालिम तथा कार्यक्रमहरु झण्डै एक लाख ८० हजार जना स्थानीय गरिब समूदायका व्यक्तिहरुका लागि सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार १८:०१