२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पीपीएल : प्ले अफमा पुग्न जित्नै पर्ने दबाबमा काठमाडौं, अपराजित हुँदै फाइनलमा पुग्ने चितवनको दाउ

८ पुस, पोखरा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं गोल्डेन्सलाई जित्नै पर्ने दबाब छ । प्ले अफमा पुग्न पनि ज्ञानेन्द्र मल्लको कप्तानी रहेको काठमाडौंलाई जित्नुपर्ने दबाब आएको हो ।

पोखरा रंगशालामा बिहान साढे ११ बजे हुने खेलमा काठमाडौंले चितवन राइनोजसँग भिड्नुपर्नेछ । यसअघि नै प्ले अफमा पुगिसकेको चितवनका कप्तान पारस खड्का पनि जित आफ्नै पोल्टामा पार्ने दाउमा छन् । किन भने चितवनले आफ्नो अपराजित यात्रा कायमै राख्दै फाइनलमा पुग्न चाहन्छ ।

४ खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नुपर्नेछ । चितवन ४ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ ।

फाइल तस्बिर ।

प्रकाशित मिति : ८ पुष २०७६, मंगलवार ०७:३४