२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

बुद्ध धर्मले थाइल्याण्ड–नेपाल सम्बन्धमा पुलको काम गरेको छः मन्त्री पोखरेल

२० वैशाख, काठमाडौँ । काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका थाइल्याण्डको रोयल थाई आम्र्ड फोर्सका प्रमुख तन्चाइयान सिसुवानले बुधवार रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गर्नुभएको छ । रक्षा मन्त्रायलमा भएको भेटमा दुई देश विचको सम्वन्ध र सेनाहरु विचको सम्वन्धलाई थप मजवुद बनाउने बारेमा छलफल भएको छ ।

५७ वर्षदेखिको दुई देशविचको औपचारिक सम्वन्धलाई मजवुद बनाउन सदियाैँदेखि नै बुद्ध धर्मले पुलको काम गरिरहेको बताउँदै रक्षामन्त्री पोखरेलले भूकम्पपछि उद्धारको काममा प्राप्त भएको सहयोगको प्रशंशा गर्नुभयो ।

संयुक्त सैन्य तालिम लगायतका आदानप्रदानका कार्यक्रमलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने बारेमा पनि छलफल भएको थियो । सेना प्रमुख सिसुवान आज लुम्विनी र भोली पोखराको भ्रमणमा जाने कार्यक्रम छ ।

प्रकाशित मिति : २० बैशाख २०७५, बिहीबार ०७:३७