२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पीपीएलमा काठमाडौँले धनगढीलाई दियो १८६ रनको चुनौती

२ पुस, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत अहिले काठमाडौँ गोल्डेन वारियर्सन र धनगढी ब्लुजबीचको खेल जारी छ । जारी खेलमा काठमाडौँ गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई १ सय ८६ रनको चुनौती दिएको छ । पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । काठमाडौँका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहार गर्दै सय रन बनाए ।

फाइल फाेटाे

यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । ३७ बल खेलका उनले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतकबाट ४ रानाले चुके । मल्ल र कोल्सावालाले तेस्रो विकेटको लागि शतकीय रनको साझेदारी गरेका थिए । खराब मौसमको कारण ढिलो शुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । यस संस्करणमा काठमाडौंले बनाएको रन प्रतियोगिताको सर्वाधिक रन हो ।

धनगढीका लागि कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । एक जित निकालेको धनगढी २ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौँ भने अंक विहिन हुँदै तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार १२:००