२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पौडीमा ४ स्वर्ण जित्दै गौरिकाले बनाइन् कीर्तिमान

२३ मंसिर, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी छन् । याे सँगै गौरिकाले एउटै सागमा ४ वटा स्वर्ण पदक जितेकी छन् ।

सोमबार भएकाे खेलमा गौरिकाले १०० मिटर फ्रीस्टाइल ५८.१३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन् । भारतीय खेलाडी शिवा‌ंगी शर्माले ५८.१५ सेकेन्डमा उक्त खेल पुरा गरिन् । १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् । याेसँगै नेपालले सागमा ४९ स्वर्ण पदक जितेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७६, सोमबार १७:५२