२७ माघ २०८२, मंगलवार | Tue Feb 10 2026

बंगलादेशकी जेरिनलाई पराजित गर्दै जुडोमा देविकाले जितिन् स्वर्ण

२२ मंसिर, काठमाडौँ । जुडो खेलमा नेपाली खेलाडी देविका खड्काले स्वर्ण पदक जितेकी छिन्। १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतबार भएको खेलमा देविकाले स्वर्ण जितेकी हुन्।

देविकाले ५२ किलोमुनिको प्रतिस्प्रर्धामा बंगलादेशकी जेरिन ताहामिदालाई पराजित गर्दै नेपालका लागि स्वर्ण हात पारिन्। योसहित नेपालले ४५ स्वर्ण जितेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १७:१९