२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पाैडीमा नेपालका लागि तेस्रो स्वर्ण जित्दै गौरिकाले रचिन् इतिहास

२२ मंसिर, काठमाडौँ । पाैडीमा नेपालका लागि तेस्रो स्वर्ण जित्दै गौरिका सिंहले इतिहास रचेकी छन् । १३औं सागको पौडी अन्तर्गत आइतबार उनले ४०० मिटर फ्री स्टाइलमा स्वर्ण जितेकी हुन् ।

उनले सात दोबाटोस्थित हिटिङ पौडी पोखरीमा भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन् । यसअघि उनले १३ औं सागमा दुई स्वर्ण तथा एक–एक रजत र कास्य जितिसकेकी छन् । पहिलो स्वर्ण उनले दुई मिटर फ्रिस्टाइल र दोस्रो स्वर्ण दुई सय मिटर ब्याकस्ट्रोक स्पर्धामा जितेकी हुन्।  यो सँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ४४ पुगेको छ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १७:०५