२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

साग बक्सिङको फाइनलमा ६ नेपाली

२२ मंसिर, काठमाडौं १३औं दक्षिण एसियाली खेलकुद सागको बक्सिङ विधाको उपाधिका लागि महिलातर्फ ४ नेपाली बक्सरले स्थान सुनिश्चित गरेका छन् । पुरुष विधामा समेत २ नेपाली बक्सर स्वर्ण पदकको होडमा स्थान सुनिश्चित गरेका छन् ।

यसर्थ महिलातर्फ ४ र पुरुषतर्फ २ गरी ६ बक्सरले स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् । जसमा ललिता महर्जन, मिनु गुरुङ, संगीता सुनार र पुनम रावल छन् । पुरुषतर्फ भने अशिष दुवाडी र भुपेन्द्र थापा छन् । यी ६ खेलाडी स्वर्णको होडमा पुग्दा कम्तीमा पनि रजत पक्का छ ।

नेपालले बक्सिङमा अहिलेसम्म तीन कास्य पदक प्राप्त गरिसकेको छ । सुशील थापा, पुरन राई र अर्जुन सिंहले कास्य हात पारेका हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार ०६:४९