२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

राजनीतिक अराजकताको अन्त्य भएको प्रचण्डको घोषणा

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अराजकताको अन्त्य भएको घोषणा गरेका छन । राजनीतिमा अस्थिर स्वभावका भनेर आलोचित हुने गरेका दाहाल पछिल्लो १२ वर्षयता राजनीतिको केन्द्रमा रहँदै आएका छन । राजनीतिमा इमान्दारिता भन्दा बढी अराजकता देखाएका भनेर आरोप खेपेका दाहाल आफैँले मंगलबार राजनीतिक अराजकताको अन्त्य भएको बताए ।

बबरमहलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताले अब विकास र निर्माणको कामले गति लिएको हेर्न चाहेको पनि बताए । उनले आफूले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेकोले अब जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको दाबी गरे । अध्यक्ष प्रचण्डले जनताले वामपन्थीहरुलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढ्ने बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार १६:२४