२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

१० हजार मिटर दौडमा नेपाललाई सन्तोषीले दिलाइन् स्वर्ण

१७ मंसिर, काठमाडौँ । जारी १३औं सागमा एथ्लेटिक्स अन्तर्गत महिलातर्फ १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेण्डमा निर्धारित दूरी पार गरी स्वर्ण जितेकी हुन्।


सन्तोषीले भारतकी कविता यादवलाई पछि पारी स्वर्ण जित्न सफल भएकी हुन् । एथ्थलेटिक्सतर्फ नेपालको यो पहिलो स्वर्ण हो ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलवार १२:५७