२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

तेक्‍वान्दोबाट नेपालका लागि सीमा लिम्बूले जितिन् स्‍वर्ण पदक

१६ मंसिर,  काठमाडौँ । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्‍वान्दोमा नेपालकी सीमा लिम्बुले स्वर्ण पदक जितेकी छन्। सीमाले पुम्सेतर्फको १७ वर्षमाथि र २३ वर्षमूनिको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्न सफल भएकी हुन्।

सीमाले स्वर्ण जित्दा श्रीलंकन खेलाडीले रजत र बंगलादेशी खेलाडीले कास्य पदक जितेका छन् । यसघि तेक्वान्दोको पुम्सेतर्फ नै गोविन्दबहादुर आले र कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए। तेक्‍वान्दोतर्फ पुम्सेको १७ देखि २३ उमेर समूहमा कृष्णबहादुर तामाङले रजत पदक जित्न सफल भएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १४:०२