२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

तेक्वान्दोमा कमलले दिलाए नेपाललाई स्वर्ण

१६ मंसिर, काठ दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकाे पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । १३औँ सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई पराजित गरे ।

तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले ८ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहे । उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १२:०४