२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

आन्तरिक रोजगारीका अवसरलाई सिर्जना गरिन्छः श्रम मन्त्री विष्ट

१८ वैशाख, काठमाडाैँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले संविधानप्रदत्त श्रमिकका अधिकारको रक्षा र कार्यान्वयनको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मन्त्री विष्टले अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा आज जारी गरेको प्रेस विज्ञप्तिमा देशभित्र र बाहिरका सम्पूर्ण नेपाली श्रमिक दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरलाई व्यापक रुपमा सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित गर्ने, बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षाजस्ता कार्यलाई तीनै तहको उचित समन्वय र प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गरिने बताउनुभएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७५, मंगलवार ०५:५३