६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

एनआइसी एशिया बैंक २ अवार्डबाट सम्मानित

१५ मंसिर, काठमाडाैँ । एनआइसी एशिया बैंक २ अवार्डबाट सम्मानित भएकाे छ । एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स् डिस्क्लोजर्स– सर्टिफिकेट अफ मेरिटबाट सम्मानित भएको छ । बंगलादेशको ढाकामा आयोजित एक समारोहकाबीच यस बैंक शनिबार उक्त अवार्डबाट सम्मानित भएको हो । बैंकका प्रमुख वित्त अधिकृत रुपेश लुइटेलले बैंकको तर्फबाट सो अवार्ड ग्रहण गरेका छन् ।

सार्क राष्ट्रहरुको लेखा पेशालाई नियमन गर्ने निकायहरुको छाता संगठन साफाले हरेक वर्ष विभिन्न विधामा सर्वोत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने सार्क राष्ट्रहरुको विभिन्न क्षेत्रका संस्थाहरुलाई सम्मानित गर्दै आइरहेको छ । सोही क्रममा द इन्स्टीच्यूट अफ चार्टड अकाउन्ट्स अफ नेपालबाट सन् २०१८ को उत्कृष्ट वित्तीय प्रतिवेदनको अवार्ड जित्न सफल यस बैंकले सार्क राष्ट्रका बैंक तथा वित्तीय संस्थाहरु मध्येबाट पनि चुनिएर निजी क्षेत्रको बैंकको तर्फबाट मेरिट सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ ।

 

प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार १४:४६